जनकपुरधाम, ९ कार्तिक । जनकपुरधामको रामानन्द चोकस्थित राम आयल स्टोर्सले डिजेलमा पानी मिसावट गरेको आरोप लगाइएको छ ।

कालिका कृषि सहकारी संस्था लिमिटेडको ज. १ त ८५९७ नम्बरको ट्रयाक्टरमा सो पेट्रोल पम्पबाट डिजेल हाल्दा पानी मिसाइएको आरोप लागेको हो ।

सो सहकारीको सञ्चालक महाशंकर ठाकुरले भने,‘मेरो चालकले ट्रयाक्टरमा राम आयलबाट १ हजार रुपैयाँको डिजल हालेको थियो । पिडारी चोक नपुग्दै गाडी बन्द भयो । ग्यारेजमा पुग्दा दूध रंगको पानी मिक्स फेला पर्यो । जस कारण गाडीमा ५०/६० हजारको खर्च देखिन्छ ।’

उनले आवश्यक अनुगमन गर्न स्थानीय प्रशासनसँग माग समेत गरेका छन् । तर, प्रशासनले अहिलेसम्म केहि प्रक्रिया अगाडी नबढाएको उनले बताए ।

यस सम्बन्धमा थानकोट डिपो प्रमुख प्रदिप यादवले सो पेट्रोल पम्पको परीक्षण गर्दा ८ हजार लिटरमा करिब ५ सय लिटर पानी मिसावट गरेको देखिएको जानकारी दिए ।