पर्सा, ९ कार्तिक । लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका पर्साको पकाहामैनपुर गाउँपालिका–१ का वडाध्यक्ष अमेरिका सहनीलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ ।

५५ वर्षीय सहनीलाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

उनीसँगै वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय रामआदेश सहनी समेत पक्राउ परेकामा बलिष्टरलाई एक लाख धरौटीमा छाडिएको छ भने राम आदेश पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

उनीहरुलाई साउन ३ गते राति साढे १० बजे ७९ ग्राम खैरो हिरोइनसहित वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नियन्त्रणमा लिएको थियो ।