काठमाडौं, ८ कार्तिक । एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत इरानसँग नेपाल ४–० गोल अन्तरले पराजित भएको छ ।

आजको हारसँगै अर्को चरणमा पुग्ने नेपालको यात्रामा धक्का लागेको छ ।

पहिलो हाफमा इरानलाई नेपालले बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा भने नेपालले ४ गोल खायो ।

जितसँगै इरानले तीन अंक जोडेको छ । नेपालले इरानसँग यसअघि २०१५ मा पनि घरेलु मैदानमा ५–० को हारको सामना गरेको थियो ।

नेपालले दोस्रो खेल २८ अक्टोबरमा ताजिकिस्तानसँग खेल्नेछ ।