एजेन्सी, ८ कार्तिक । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आचारसंहिता उल्लंघन गरेको भन्दै श्रीलंका र बंगलादेशका १–१ खेलाडीलाई कारवाही गरेको छ ।

आइसिसीले टी–२० विश्वकपका दौरान श्रीलंकाका लाहिरु कुमारा र बंगलादेशका लिटोन दासले आचारसंहिता उल्लंघन गरेको जनाउँदै उनीहरूलाई जरिवाना तोकेको हो ।

आइसिसीले लाहिरुलाई म्याच फिको २५ र लिटोनलाई १५ प्रतिशत जरिवाना लगाएको छ । सुपर १२ को समूह ‘१’ अन्तर्गत आइतबारको खेलका क्रममा उनीहरूले आचारसंहिता उल्लंघन गरेको पाइएको थियो ।

खेलमा लिटोनलाई आउट गरेपछि लाहिरु उनी भएतिर गएर प्रतिक्रिया जनाएका थिए त्यसमा लिटोन आक्रोशित भएपछि विवाद भएको थियो ।