काठमाडौं, ८ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति छिट्टै तोक्ने बताएका छन् ।

सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले प्रतिनिधिसभा र प्रदेश सरकारको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरुसँग छलफल गरी निश्कर्षमा पुग्ने बताए ।

प्रधानमन्त्री र आयोग पदाधिकारीको भेटका क्रममा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचनबारे छलफल भएको निर्वाचन आयोगका प्रवक्ता यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस्तै निर्वाचनसम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुन निर्माणका विषयमा पनि छलफल भएको उनले बताए ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते पूरा हुँदैछ ।