काठमाडौं, ८ कार्तिक । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ ।

सिआईबीले उनीहरूलाई सिनामंगलको एक घरबाट पक्राउ गरेको हो । अफगानिस्तानमा तालिबानले नियन्त्रण कायम गरेपछि उनीहरू भारत हुँदै नेपाल प्रवेश गरेको आशंका गरिएको छ ।

पक्राउ पर्नेमा ३ महिला ८ पुरूष रहेका छन् । उनीहरूको साथबाट भारतको नक्कली आधारकार्ड समेत बरामद गरिएको छ ।

उनीहरू अफगानी या भारतीय भएको विषयमा सोधपुछ भइरहेको सीआइबीका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए ।