एजेन्सी, ८ कार्तिक । फ्रेन्च लिग वानमा लेन्सले मेट्जमाथि ४–१ को शानदार जित हात पारेको छ । लेन्सको जितमा वेस्ले सइदले २ तथा इग्नाटुइस गांगो र फ्रान्कोइस्कीले १–१ गोल गरे । मेट्जका लागि निकालोस डि प्रेभिल्लेले १ गोल गरेका थिए ।

खेलको १४ औं मिनेटमा नै सइदले गोल गर्दैै टोलीलाई अग्रता दिलाएका थिए । तर ३३ औं मिनेटमा डि प्रेभिल्लेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसको ५ मिनेटपछि नै सइदले पुनः गोल गर्दैै टिमलाई फेरि अग्रता दिलाए ।

पहिलो हाफमा २–१ ले अघि भएको लेन्सका लागि दोस्रो हाफको ८३ औं मिनेटमा गांगो र ९० औं मिनेटमा फ्रान्कोइस्कीले गोल गर्दै ४–१ को शानदार जित दिलाए ।

यो जितसँगै लेन्स ११ खेलमा २१ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा रहँदा मेट्ज ६ अंकसहित १९ औं स्थानमा छ ।