काठमाडौं, ७ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ र १ हजार १ हजार ५६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९ हजार ५६ पुगेको छ । त्यस्तै, आज कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४८ पुगेको छ ।

गत २४ घण्टामा ८७७ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा ७ लाख ८७ हजार ५०७ जना संक्रमणमुक्त भईसकेका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २०१ जना रहेका छन् । जसमध्ये ९ हजार ४२३ जना होम आइसोलेसनमा रहेका छन् भने ७७८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये २७३ जना आईसीयू र ८५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।