नेपालमा २९.२ प्रतिशत व्यक्तिले लगाए कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप

काठमाडौं, ७ कार्तिक । नेपालमा लक्षित जनसंख्या मध्ये २९.२ प्रतिशत व्यक्तिले कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
त्यस्तै, पहिलो मात्रा खोप लगाउनेको संख्या ३५.४ प्रतिशत रहेको छ । ७६ लाख ९४ हजार ६०९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् ।