मेयर कप भेट्रान्स फुटबलमा विजय युथ क्लबको विजयी शुरुवात

हेटौंडा, ७ कार्तिक । हेटौंडामा आयोजित मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजय युथ भेट्रान्स क्लबले विजयी शुरुवात गरेको छ ।
विजय युथले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा काभ्रे भेट्रान्सलाई ३–० ले पराजित गरेको हो ।
विजय युथको जितमा कृष्ण शाक्यले दुई र उत्तर कुमार दुलालले एक गोल गरे । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
२१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । विधागत रूपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।