एजेन्सी, ७ कार्तिक । एल क्लासिकोको इतिहासमा पहिलोपटक दुई ठूला खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवै एकअर्काका पूर्व टोलीसँग छैनन् ।

२००७ यता यो पटकको एल क्लासिको हो, जसमा रियल म्याड्रिडसँग रोनाल्डो छैनन् अनि बार्सिलोनासँग मेस्सी । यी दुईको उपस्थितिबिना एल क्लासिको कस्तो होला ?

यी दुई फुटबल टोलीको सबैभन्दा ठूलो भिडन्तको २४७ औं खेलमा भेट हुने पक्का भएको हो । मेस्सी र रोनाल्डोको क्लब भनेर चिनिने यी दुई क्लबका लागि यो भिडन्त यादगार पक्कै हुनेछ ।

यो समरमा लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएपछि एकपटक फुटबल जगत् हल्लिएको थियो । बार्सिलोनाको आर्थिक अभावका कारण उनले २१ वर्षसम्म सहकार्य गरेको क्लबको साथ छोडेका थिए ।