बलिउडका चर्चित गायक कुमार सानु जनकपुर आउँदै

जनकपुरधाम, ७ कार्तिक । बलिउडका चर्चित गायक कुमार सानु जनकपुरधाम आउने भएका छन् ।
जनकपुरधाममा आयोजना हुन लागेको एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन उनी कार्तिक २७ गते यहाँ आउन लागेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलियास्थित राजदरवार एण्ड नवरंग रिसोर्टमा कुमार सानुको एकल प्रस्तुती हुने आयोजक ब्लुवर्ड इन्टरटेनमेन्ट एचडीले जनाएको छ ।
कार्यक्रममा गायक सानुसहित भिभोर पोखरेल, सुगम पोखरेल, रोशन पराजुली र सुशिल नेपाल लगायतका अन्य थुप्रै कलाकारहरू पनि सहभागी हुने जनाइएको छ ।