छोरा छिट्टै रिहा हुनेमा शाहरुख खान विश्वस्त

एजेन्सी, ६ कार्तिक । आफ्ना छोरा आर्यन खानका कारण बलिउड अभिनेता शाहरुख खान अहिले निकै तनावमा छन् ।
आर्यन अहिले मुम्बईको आर्थर रोड जेलमा छन् । उनलाई एनसिबीको टिमले ३ अक्टोबरमा क्रुज सिपबाट गिरफ्तार गरेको थियो ।
२१ अक्टोबरमा एनसिबी शाहरुख खानको घरसम्म छापा मार्नका लागि पुगेको थियो । आर्यनको जमानतका लागि गरिएको दुई अपिल अदालतले खारेज गरिदिएको छ ।
आर्यन खान ड्रग्स केसमा पछिल्लो १४ दिनदेखि जेलमा छन् । शुक्रबार मात्रै शाहरुखले आर्थर रोड जेलमा पुगेर छोरा आर्यनसँग १५ मिनेट गफ गरेका थिए ।
जेलमा आर्यन एकदमै अफ्ठ्यारो महसुस गरिरहेको र त्यहाँको वातावरणमा घुलमिल हुन नसकिरहेको उनले बताएका थिए ।
छोरा छिट्टै रिहा हुनेमा उनले विश्वास व्यक्त गरेका छन् ।