जनकपुरधाम, ६ कार्तिक । नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् ।

शनिबार नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ४४ मत ल्याएर साह अध्यक्षमा निर्वाचित भएका हुन ।

उनका निकटतम प्रतिद्वन्दी अमित गुप्ताले ४१ मत ल्याएका छन । त्यस्तै, उपाध्यक्षमा दिेपेन्द्र ठाकुर निर्वाचित भएका छन भने सचिवमा चित्रनारायण साह निर्विरोध निर्वाचित भएका हुन ।

संघको सह–सचिवमा सुमन विश्वकर्मा र कोषाध्यक्षमा दिपक कुमार ठाकुर निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा कुन्दन कुमार ठाकुर, अमित कुमार साह, दुर्गाराम विश्वकर्मा, रामचन्द्र ठाकुर, मधु देवी गुप्ता र सरिता देवी ठाकुर निर्वाचित भएको निर्वाचन अधिकृत शंकर प्रसाद साहले जानकारी दिए ।