एजेन्सी, ६ कार्तिक । सिरियामा अमेरिकी ड्रोन हमलामा अलकायदाका एक वरिष्ठ नेताको मृत्यु भएको छ ।

यो हमला दक्षिणी सिरियामा इस्लामिक स्टेट समूहसँग भिड्नका लागि अमेरिकाको समूहले प्रयोग गरिरहेको अड्डामा हमला गरिएको अन्तराष्ट्रिय समाचार संस्था एफपीले जनाएको छ।

मुख्य कमाण्डका प्रवक्ता सेना मेजर जोन रिग्सबीले भनेका छन्, ‘उत्तर पश्चिमी सीरियामा अमेरिकी हवाई हमलामा अल-कायदाका वरिष्ठ नेता अब्दुल हमीद अल-मातरको मृत्यु भएको छ ।’

उनले यो हमला एमक्यु-९ विमानको प्रयोग गरेर गरिएको जानकारी दिए । अल-कायदाका वरिष्ठ नेतालाई हटाउँदा थप षड्यन्त्र र हमलाबाट बच्न सकिने उनले भनेको मिडियाहरुले उल्लेख गरेका छन् ।

सेप्टेम्बर अन्तिममा पेन्टागनले देशका उत्तर-पश्चिममा इदलिब नजिकै हवाई हमलामा अल-कायदाका वरिष्ठ कमाण्डर सलीम अबू-अहमदको हत्या गरेको थियो ।