जनकपुरधाम, ६ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आजको भौतिकबादी युगमा मानिसलाई अहिंसाको बाटोमा डोर्‍याउने ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको भुमिका प्रशंसनीय रहेको बताएका छन् ।

ब्रह्मकुमारी राजयोगसेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको शनिबार उदघाट्न गर्दै मुख्यमन्त्री राउतले यस्तो धारणा राखेका हुन् ।

५ कठ्ठा क्षेत्रफलमा ४ करोड ५० लाख रुपैयाँको लागतमा जनकपुरधाम-१४ मुजेलियामा निर्माण भएको प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको भवनमा राजयोग सेवा केन्द्रसँग सम्बन्धित प्रशिक्षणहरु सञ्चालन हुने जनाईएको छ ।

सेवा केन्द्रको नेपाल निर्देशक राज दादी माँको अध्यक्षतामा भएको समारोहमा प्रदेश सभा सदस्य रामअशिष यादव, शत्रुधन महतो, परमेश्वर साह, शारदा थापा सहित समाजसेवीहरुको विशेष उपस्थिती रहेको थियो ।