एजेन्सी, ५ कार्तिक । इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका युवा स्ट्राइकर विकास मेराग्लियाले च्यासल युथ क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल खेल्ने भएका छन् ।

शुक्रबार विकास र च्यासलबीच १ वर्षको सम्झौता भएको हो । उनी मङ्गलबार नेपाल आएका थिए । १४ टोलीको सहभगिता रहने नेपालको शीर्ष लिग सहिद स्मारक ‘ए’ डिभिजन कात्तिक २९ गतेबाट सुरु हुनेछ ।

च्यासलले विदेशी खेलाडीको रूपमा विकासलाई अनुबन्ध गरेको जनाएको छ । च्यासलमा १० नम्बरको जर्सी लगाउने छन् । इटालीको यू–१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास त्यहाँको चर्चित क्लब एट्लान्टाको युथ टिमबाट खेल्ने गर्छन् ।

उनले भेनेजियाको युवा तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट पनि खेलेको अनुभव बटुली सकेका छन् । सन् २००८ मा ६ वर्षको उमेरमा नेपालबाट इटाली पुगेका विकास १३ वर्षपछि नेपाल आएका हुन् ।