जनकपुरधाम, ५ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ को संसदीय दलको प्रमुख सचेतकमा परमेश्वर साहलाई मनोनयन गरिएको छ ।

जनता समाजवादी पार्टीबाट विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले साहलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

त्यस्तै पार्टीको उपनेतामा रानी शर्मा तिवारी, सचेतकमा जानकी शरण साह र कोषाध्यक्षमा बबिता चौधरीलाई मनोयन गरिएको छ ।

लोसपासँग हाल प्रदेश २ मा १६ जना प्रदेश सांसद रहेका छन् । पार्टी विभाजन पश्चात लोसपा प्रदेशको प्रमुख प्रतिपक्षी दल बनेको छ ।