लहानमा सिके राउतको पुत्ला जलाइयो

सिरहा, ५ कार्तिक । सिरहाको लहानमा जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउत विरुद्ध प्रदर्शन गरिएको छ ।
संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न गरी दुव्र्यवहार गरेको विरुद्धमा स्थानीय युवाहरुले राउतविरुद्ध प्रर्दशन गर्दै उनको पुत्ला समेत जलाएका छन् ।
लहान स्थित सहिद चौकमा स्वतन्त्र युवाहरुको एक समूहले राउतको पुत्ला जलाएका हुन् । उनीहरुले सिके राउत मुर्दावाद ,मानव अधिकार हनन् गर्न पाईदैन ,जनमत पार्टी मुर्दावाद लगायतका नारा लगाउँदै राउतको पुत्ला जलाएका हुन् ।
प्रदर्शनमा सहभागी युवाहरुले राउतलाई मधेसबाट लखेटने चेतावनी समेत दिएका छन् । गुण्डाशैलीमा कुशवाहामाथि भएको अमानवीय व्यवहार नागरिक अधिकारमाथिको हनन् रहेको उनीहरुको ठहर छ ।