जनकपुरधाम, ५ कार्तिक । सिके राउत नेतृत्वको जनमत पार्टीले पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई छुटाउन ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रमको आयोजना गरेका छन् ।

खानेपानी तथा ढलनिकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारेर नगर परिक्रमा गराई दुव्र्यवहार गर्ने कार्यकर्तालाई छुटाउन जनमत पार्टीले आज ‘चलु जनकपुर, भरु जनकपुर’ आन्दोलनको कार्यक्रम राखेको हो ।

धनुषा प्रहरीले कुशवाहालाई दुव्र्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ ।

ती कार्यकर्तालाई रिहाईको माग गर्दै जनमत पार्टीले जिल्ला प्रहरी कार्यालय धनुषामा बाक्लो संख्यामा उपस्थित भई घेराउ गर्ने यसअघि नै घोषणा गरेको थियो । राउतको आधिकारिक फेसबुक पेजमार्फत आज ‘चलु जनकपुर, भरु जनकपुर’ कार्यक्रम राखिएको जनाएको छ ।