काठमाडौं, ४ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८६ पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ९६३ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ७२६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७ हजार ५२२ पुगेको छ । मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ भने ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ जना रहेका छन् । जसमध्ये १० हजार ५३० जना होम आइसोलेसनमा रहेका छन् भने ७८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये २८८ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।