काठमाडौं, ४ कार्तिक । गृहमन्त्री बालकृष्ण खाँणले अलपत्र परेका विदेशी नागरिक तथा पर्यटकहरुलाई उद्धार गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई निर्देशन दिएका हुन् ।

उनले भने, ‘सुरक्षा निकाय लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेको नागरिकको खोज, उद्धार, पुनःस्थापना तथा राहत वितरणमा निरन्तर लागिरहनुभएको छ, अब नेपाल भ्रमणमा आएका अन्य मुलुकका नागरिक अलपत्र परेको खबर आइरहेको छ, उनीहरूको उद्धारमा पनि विशेष ध्यान दिनुहोला ।’

वर्षाका कारण हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा घुम्न गएका पर्यटकहरु अलपत्र भएका छन् ।