एजेन्सी, ३ कार्तिक । भारतको उत्तराखण्डस्थित कुमाउ क्षेत्रमा मंगलबार भारी वर्षापछिको बाढीपहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।

खराब मौसमबीच सम्पर्कबिहीन भएको नैनीतालमा पुनः सम्पर्क स्थापित भएको अधिकारीहरुले जनाएका छन् ।

बाढीका कारण कुमाउमा मात्रै ४० जनाको मृत्यु भएको छ । नैनीताल जिल्लामा २८, अल्मोडा र चम्पावतमा ६–६ जना, पिथौरागढ र उधम सिंह नगर जिल्लामा १–१ जनाको मृत्यु भएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले वर्षाबाट प्रभावित इलाकाको हेलिकोप्टरमार्फत निरीक्षण गर्दै पीडितलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले वर्षासँग सम्बन्धित घटनामा परी मृत्यु भएकाहरुको परिवारलाई ४–४ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।