एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले च्याम्पियन्स लिग अन्तर्गत आरबी लाइप्जिगविरुद्धको खेल गुमाउने भएका छन् ।

चोटको कारण नेयमारले जर्मन क्लबविरुद्धको खेल गुमाउने भएका हुन् । ब्राजिलियन नेयमार विश्वकप छनोटका दौरान उरुग्वेविरुद्धको खेलमा घाइते भएका थिए ।

क्लबले नेयमारले च्याम्पियन्स लिगको खेल गुमाउने पुष्टि गरेको हो । पिएसजीले मंगलबारराति घरेलु मैदानमा लाइप्जिगको सामन गर्दैछ ।

पिएसजी २ खेलमा ४ अंक जोडेर समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ । पुछारमा रहेको लाइप्जिगले अंक जोड्न सकेको छैन ।