बाढीपहिरो प्रभावितलाई राहतको व्यवस्था मिलाउन गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ,२ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले डुबान प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँडलाई निर्देशन दिएका छन् ।
सदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न उनले गृहमन्त्रीलाई निर्देशन दिएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिएका हुन् ।
तिन दिनदेखिको लगातारको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका विभिन्न भागमा बाढी पहिरोबाट सर्वसाधारणहरु प्रभावित भएका छन् ।