जनकपुरधाम, २ कार्तिक । गृहमन्त्री बालकृष्ण खाँडको बुधबारबाट हुने भनिएको प्रदेश २ को भ्रमण स्थगित गरिएको छ ।

खाँडको प्रदेशको ३ जिल्लामा गर्ने तय गरिएको दुई दिने भ्रमण बाढी, पहिरो र डुबानका कारण स्थगित गरिएको हो ।

बाढी, पहिरो र डुबानबाट पीडित भएकाहरुको उद्धार तथा राहतलगायतका काममा व्यस्त हुनुपर्ने भएपछि उनले भ्रमण स्थगित गरेका हुन् ।

गृहमन्त्री खाँडले बुधबार र बिहीबार धनुषा, महोत्तरी तथा सर्लाहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरेका थिए ।

खाँडले बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीको मलङवामा निर्मित भवन शिलान्यास गर्ने, जिल्लाका कार्यालय प्रमुखहरूलाई निर्देशन दिने तथा पार्टी कार्यकर्तासँग भेटघाटको कार्यक्रम तय भएको थियो ।

त्यस्तै बिहीबार प्रदेशको सुरक्षासम्बन्धी बैठकमा सहभागी हुने, जानकी मन्दिरको दर्शन गर्ने र कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको थियो ।

मौसम अनुकुल भएपछि उनको भ्रमण कार्यक्रम तय गरिने बताइएको छ ।