चीनले नेपाललाई थप २० लाख डोज कोरोना खोप दिने

काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई थप २० लाख डोज कोरोना खोप दिने घोषणा गरेको छ ।
परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन कुराकानीमा चिनियाँ विदेशमन्त्री वाङ् यीले नेपाललाई थप २० लाख डोज कोरोना खोप दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनले नेपाललाई यसअघि अनुदान र बिक्रि गरी कूल १ करोड १९ लाख डोज कोरोना खोप उपलब्ध गरिसकेको छ ।