पूर्वी तराईमा विशेष सावधानी अपनाउन सर्वसाधरणलाई अनुरोध

जनकपुरधाम । पूर्वी तराईका अधिकांश क्षेत्रमा आकस्मिक बाढी आउनसक्ने जनाउँदै विशेष सावधानी अपनाउन सर्वसाधरणलाई अनुरोध गरिएको छ ।
‘पूर्वी तराईको अधिकांश क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने स–साना नदीहरुमा आकस्मिक बहाव हुनसक्छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनुहुनेहरु तथा यात्रा गर्नुहुनेहरुले विशेष सावधानी अपनाऔँ,’ महाशाखाले ट्वीटर मार्फत भनेको छ ।
ती क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो ।