इजरायलमा ९ सय वर्ष पुरानो तरबार भेटियो

एजेन्सी । इजरायलमा ९ सय वर्ष पुरानो तरबार समुन्द्रको पींधमा फेला परेको छ ।
एकजना पौडीवाजले एक मिटर लम्बाईको तरबार भेटेका हुन् ।
स्लोमी काटजिनले भेटिएको तरबार इजरायली अधिकारीहरुलाई हस्तान्तरण गरेका छन् ।
तरबार समुन्द्रको पींधको बालुवामाथि थियो । तरबारलाई सफा गरेर प्रदर्शनका लागि राखिने बताइएको छ ।