एजेन्सी । भारतीय जनता पार्टीको पश्चिम बंगालका उत्तर दिनाजपुर जिल्लाका युवा मोर्चाका उपाध्यक्ष मिथुन घोषको गोली लागेर मृत्यु भएको छ । यो घटनाको उनको घर अगाडि भएको हो ।

प्रहरीको लापरवाहीले गोली लागेको बताइएको छ । मिथुनको परिवारले भने तृणमुल कांग्रेसको संरक्षणमा रहेका असामाजिक तत्वले उनको हत्या गरेको आरोप लगाएको छ ।

परिवारले तृणमुल कांग्रेसमाथि आरोप लगाएसँगै यो मुद्दामा राजनीतिक विवाद तिव्र बनेको छ । प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

गोली लागि घाइते भएका मिथुनलाई तुरुन्तै रायगन्ज मेडिकल कलेज अस्पताल लगिएको थियो । अस्पताल लग्ने वित्तिकै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।