काठमाडौं । बाग्मती प्रदेशमा छोटो दुरीका सार्वजनिक यातायातमा बढेको भाडादर सोमबारदेखि लागु भएको छ ।

बाग्मती प्रदेश सरकारले बढाएको भाडा आजदेखि लागू भएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले तोकेको नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको न्युनतम भाडा १८ रुपैयाँ रहेको छ ।

नयाँ भाडादर अनुसार अब सर्वसाधारणले सार्वजनिक यातायातमा न्युनतम ५ किलोमिटरका लागि यात्रा गर्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । त्यसपछि १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा तोकिएको छ ।

यस्तै १५ केजीसम्मको भारी निशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन् ।