एजेन्सी । भारतको राजस्थानस्थित झुझुनु जिल्लाको बुहानामा सरकारी विद्यालयका प्रधानाध्यापकलाई ७ कक्षामा अध्ययनरत एक छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ ।

घटनाको ९ दिनपछि एफआईआर दर्ता भएलगत्तै प्रधानाध्यापकलाई उनकै घर अलवरबाट पक्राउ गरिएको हो । ति बालिकालाई धम्क्याएर च्याट डिलिट गर्ने दुईजना शिक्षिकालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

१३ अक्टोबरको राति चाइल्ड हेल्पलाइनमा बालिकामाथि बलात्कार भएको उजुरी पीडितका परिवारले गरेका थिए । भोलिपल्ट चाइल्ड हेल्पलाइनको स्थानीय महिला टिम घरमै पुगेर पीडितलाई काउन्सिलिङ गरेको थियो ।

सिंघाना थानामा एफआईआर दर्ज भएपछि अभियुक्त केशव यादवलाई उनकै घरबाट गिरफ्तार गरेको हो ।