एजेन्सी । भारतको गुजरातस्थित सुरतको कडोडोरामा सोमबार बिहान एक प्याकेजिङ कम्पनीमा भीषण आगलागी भएको छ ।

सो घटनामा अहिलेसम्म २ जना मजदुरको मृत्यु भएको पुष्टि भएको छ भने अन्य केही घाइते भएका छन् ।

आगलागीका क्रममा हाइड्रोलिक लिफ्टबाट १२५ जना मजदुरलाई उद्दार गरिएको छ । मजदुरहरु भवनको पाँचौं तलामा काम गरिरहेका बेला सो घटना भएको बताइएको छ ।

ज्यान बचाउन केही मजदुरले भवनबाट हामफाल्दा २ जनाको मृत्यु भएको हो ।