भारतको केरलामा बाढीमा परी मर्नेको संख्या २१ पुग्यो

एजेन्सी । भारतको दक्षिणी राज्य केरलामा बाढीमा परी मर्नेको संख्या २१ पुगेको छ ।
केरलाको सबैभन्दा बढी प्रभावित जिल्ला कोट्टायममा १३ जनाको मृत्यु भएको छ ।
बर्षा कम भएलगत्तै सशस्त्र बल र एनडीआरएफको टिमले उद्धार कार्यलाई तिब्रता दिएका छन् । बाढीमा परी ९ जना वेपत्ता भएको केरलाका राजस्व मन्त्री राजन केले बताएका छन् ।
इडुक्की जिल्लामा उद्धारकर्ताले आज थप चार जना शव भेट्टाएको उनले जनाए । ‘यदि वर्षा रोकिएन भने सर्तक रहनुहोला,’ मुख्यमन्त्री पिनराई विजयनले भनेका छन् ।
यसअघि सन् २०१८ मा भारी वर्षपछि केरलामा बाढी आएको थियो । त्यतिबेला राज्यका १४ मध्ये १३ जिल्ला प्रभावित भएका थिए जहाँ लगभग ५ सय मानिस मरेका थिए ।