धार्मिक स्थलमा हुने अश्लील गतिविधि रोक्नुपर्ने माग गर्दै साहद्वारा जिप्रकामा निवेदन

जनकपुरधाम । सामाजिक सदभाव बिगार्ने खालका अश्लील गतिविधि गर्ने व्यक्तिलाई छिटोभन्दा छिटो कानुनी कारबाही गर्न एक युवाले स्थानीय प्रशासनसँग माग गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ बस्ने गणेश साहले धार्मिक स्थलमा हुने अश्लील गतिविधि रोक्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दर्ता गराएका हुन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाल बास्तोला र प्रहरी प्रमुख प्रकाश रानाभाटसँग भेट्घाट गरी उनले निवेदन दर्ता गराएका छन् ।
साहले आफ्नो संस्कृति र धार्मिक धरोहरलाई बचाउन सबैजनालाई मिलेर पहल गर्न समेत आग्रह गरेका छन् । उनले सामाजिक सदभावलाई अझ मजबुत पार्नका लागि सबैजना एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए ।
स्थानीय प्रशासनले अश्लील सामाजिक सदभाव बिगार्ने किसिमको गतिविधि गर्नेलाई छिटोभन्दा छिटो कानुनी कारबाही गर्ने आश्वासन दिएको उनले बताए ।