आइतबार ३९१ नयाँ संक्रमित थपिए, ६८० संक्रमणमुक्त, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३९१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ९६६ जनाको पीसीआर परीक्षण गर्दा ३८५ र १ हजार १११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ भने ६८० जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५ हजार ४३ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ । त्यस्तै, ७ लाख ८१ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ । जसमध्ये ११ हजार २७८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २९९ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।