मोहन वैद्य किरण अस्पताल भर्ना

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
लामो समयदेखि दमको रोगबाट पीडित ७४ वर्षीय वैद्यलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको परिवारजनले जनाएका छन् ।
वैद्यका छोरीज्वाइँ दीपक सापकोटाले वैद्यको छातीको एक्सरे लगायतका परीक्षण गरिएको छ । उनी एक/दुई दिन अझै अस्पतालमै बस्ने सापकोटाले बताए ।