विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भिम आचार्यले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा सुटुक्क दर्ता गराएका छन् ।

कात्तिक ५ गते सम्मलाई अधिबेशन स्थगित भएपछि मुख्यमन्त्री आचार्यले असोज २५ गते सुटुक्क विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका हुन् ।

मुख्यमन्त्री आचार्यले आफ्ना प्रमुख स्वकीय सचिव अनिल राज धामी र स्वकीय सचिव लोकेश निरौलामार्फत प्रस्ताव दर्ता गराएको संसद सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी र विपक्षीहरुले विश्वासको मत नलिएर सत्ता लम्ब्याउन खोजेको भन्दै प्रदेश सरकारको कडा विरोध गरिरहेका बेला मुख्यमन्त्री आचार्यले आफू संविधान र नियमावली भन्दा माथि नरहेको भन्दै समयमै प्रस्ताव दर्ता गरेको बताए । ‘हामीले समयमै प्रस्ताव दर्ता गरेका छौं । मतदानको कुरा संसदको विजनेश हो,‘उनले भने ।’

प्रदेश १ को अधिबेशन असोज २४ गते सुचना टाँसेर कात्तिक ५ गतेसम्मका लागि स्थगित गरिएको थियो ।