महोत्तरी । महोत्तरीमा मुर्ति सेलाउन गएका एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नम्बर-२ बस्ने १८ वर्षीय सुमित कुमार साह रहेका छन् ।

शनिबार दुर्गा माताको मुर्ति सेलाउन गएका उनी हिजैदिखी बेपत्ता रहेका थिए । हिजो अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले उनको खोजी सुरु गरेका थिए ।

खोजी गर्दै जाँदा आइतबार बिहान करिव ११ जलेश्वरकै भागेश्वर कुट्टीस्थित पोखरीमा दुर्गा माताको मुर्तिको तल दबिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमपछि थप कुरा बाहिरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।