धनुषाको नगराइनमा एक पुरुषको शव फेला

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा आइतबार बिहान घाँटी काटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
नगराइन नगरपालिका वडा नम्बर-५ स्थित गंगुलीमा आइतबार विहान पहिचान खुल्न नसकेको एक पुरुषको शव घाँटी काटिएको अवस्थामा फेला परेको हो ।
धारिलो हतियार प्रहार गरी घाँटी रेटेर हत्या गरिएको अवस्थामा अन्दाजी ४० वर्षीय एक पुरुषको शव झाडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अहिले घटनास्थलमा कुकुरसहितको टोलीले पुगेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।