जनकपुरधाम । धनुषामा सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ ।

तीनजना सवार मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

जिल्लाको सबैला नगरपालिकामा शनिबार दिउँसो तिव्रगतिमा रहेको बा.४८ प. ५५२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका-१ बस्ने २७ वर्षीय दीपलाल महरा र सोही ठाउँका २१ वर्षीय हरिचन महरा रहेका छन् ।

मोटरसाइकलमा सवार लालबाबु पासवान गम्भिर घाइते भएका छन् ।

तिव्रगतिका कारण मोटरसाइकलले नियन्त्रण गुमाउँदा रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।