काठमाडौं । १३औं संस्करणकाे साफ च्याम्पियनसिपकाे उपाधि भारतले जितेकाे छ । भारतले नेपाललाई फाइनलमा ३-० ले पराजित गरेकाे हाे ।

माल्दिभ्सकाे मालेस्थित नेशनल फुटबल मैदानमा शनिबार भएकाे फाइनल खेलमा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्री, सुरेश सिंह र साहल अब्दुल समादले १-१ गाेल गरे ।

पहिलाे हाफ बराबरीमा सकिएकाे खेलकाे ४८औं मिनेटमा सुनिलले गाेल गर्दै भारतलाई अग्रता दिलाएका थिए । सुनिलले प्रितम काेटलकाे क्रस बललाई हेडमार्फत पाेस्टकाे दिशा दिए ।

पहिलाे गाेल गरेकाे केहि समय भित्रै भारतले आफ्नाे अग्रता दाेब्बर बनायाे । उसका लागि ५० औं मिनेटमा सुरेशले गाेल गरे ।

सुरेशले यासिर माेहम्मदकाे कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गाेलमा परिणत गरेका थिए । ९०औं मिनेटमा समादले गाेल गर्दै भारतलाई सहज जित दिलाए ।

याे नितजासँगै भारतले आठाैंपटक साफ च्याम्पियनसिपकाे उपाधि उचाल्दा नेपालकाे भने पहिलाेपटक साफ जित्ने सपना अधुरै बनेकाे छ ।