काठमाडौं । ९ दिनदेखि आमरण अनसनमा रहेकी रुबी खान अस्पताल भर्ना भएकी छन् । उनलाई शनिबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

श्वासप्रश्वासमा समस्या हुनुका साथै शरीरमा पानीको मात्र कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

बाँकेको नवानी गाउँकी नकुन्नी धोबी र परस्पुरकी निर्मला कुर्मीको मृत्यु घटनाको अनुसन्धान चिक्तबझु्दो नभएको भन्दै बाँकेका ११ महिलासहित १४ जना न्याय खोज्दै २० दिन पैदल हिँडेर काठमाडौं आएका थिए ।

काठमाडौं आएर माइतीघरमा अनसन बसेकी रुबीलाई प्रहरीले पक्राउ गरी बहुविवाहको मुद्दा लगाएर नेपालगञ्ज नै लगेको थियो । तर उनी सर्वोच्चो आदेशमा दुई दिनअघि रिहा भएकी हुन् । उनले अनसन भने जारी राखेकी थिइन् ।

अस्पताल जानु अघि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूहरुलाई धम्की आइरहेको भन्दै सुरक्षाको ग्यारेन्टी गर्न माग गरेकी छन् ।