एजेन्सी । बंगलादेशमा दुर्गापूजा स्थल र मन्दिरमा भएको हमलापछि राजधानी ढाका र नाआखालीमा हिंसात्मक प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

ढाकाको पाल्टनको बैतुल मुकर्रम मस्जिद र ककरैल इलाका तथा नोआखालीको चौमुहनीमा नमाज पढिसकेपछि प्रदर्शन भएको हो ।

चौमुहनीमा भएको प्रदर्शनका क्रममा केही हिन्दुका घर र पसललाई समेत निशाना बनाएको प्रहरीले जनाएको छ ।

सो क्रममा जतन कुमार साह नाम गरेका व्यक्तिको मृत्यु भएको छ । प्रदर्शनकारीले भारतविरोधी नारा लगाउनुका साथै प्रधानमन्त्री शेख हसिना दिल्लीको नजिक भएको आरोप लगाएका छन् ।