शनिबार १४७ नयाँ संक्रमित थपिए, ८४५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।
१ हजार ४४६ पीसीआर परीक्षण गर्दा १३६ र ३२७ एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ८४५ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ४ हजार ६५२ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार २७८ पुगेको छ । त्यस्तै, ७ लाख ८० हजार ७७६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ जना रहेका छन् । जसमध्ये ११ हजार ५४४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ३०७ जना आईसीयू र ९७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।