साफ च्याम्पियनसिको फाइनल खेलमा आज नेपाल र भारत भिड्दै

काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिको फाइनल खेल आज हुन लागेको छ ।
फाइनल खेलमा नेपाल र भारत भिड्दैछन् । माल्दिभ्सको मालेस्थि राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार खेल राति ८ः४५ बजे हुनेछ ।
नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हासिल गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।
नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै फाइनलमा प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।
नेपाल साफ च्याम्पियनसीपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । निकै बलियो टिम मानिएको भारतलाई हराउन नेपालका सहज भने छैन ।