एजेन्सी । बलिउड नायिका शर्लिन चोपडाले नायिका शिल्पा शेठ्ठी र उनको पति राज कुन्द्रालाई निशाना बनाउँदै बिभिन्न आरोप लगाएकी छन् ।

पोर्नोग्राफी घटनामा राज कुन्द्राको नाम जोडिएपछि शर्लिनले सामाजिक सञ्जालमा राजविरुद्ध कयौं पोष्ट गरेकी छन् । उनले राज अश्लिल फिल्मको कारोबारमा संलग्न रहेको आरोप समेत लगाइसकेकी छन् ।

अहिले उनले शिल्पा र राजमाथि नयाँ आरोप लगाएकी छन् । नयाँ आरोप हो– जालसाजी र मानसिक यातना । शर्लिनले शिल्पा र राजमाथि जालसाजी गरेको र आफूलाई मानसिक यातना दिएको आरोप लगाएकी छन् ।

उनले यो उजुरी अक्टोबर १४ को दिन मुम्बई प्रहरीमा दर्ता गरेकी छन् । ‘मैलै राज कुन्द्राको विरुद्ध यौन उत्पीडन, जालसाजी र धम्की दिएको भनि उजुरी दिएकी छु,’ शर्लिनले भनेकी छन् ।