महाकाली नदी किनारमा बेवारिसे शव फेला

काठमाडौं । महाकाली नदीको किनारमा शनिबार बिहान एक शव फेला परेको छ ।
बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली किनारमा एक बेवारिसे शव फेला परेको हो ।
बिहान ७ बजेतिर स्थानीय बासिन्दाले अन्दाजी ३५ वर्षीय पुरुष मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।