सिरहा । सिरहामा झिझिया हेर्न गएका एक युवकको शव इनारमा फेला परेको छ ।

सिरहाको नरहा गाउँपालिका-३ स्थित नयाँ चोहर्वामा इनारमा एक युवकको शव फेला परेको हो ।

गोलबजार नगरपालिका-९ भाइजिटोलका अन्दाजी १९ वर्षीय शत्रुधन महतोको शव शनिबार विहान मृत अवस्थामा इनारमा फेला परेको हो ।

प्रहरी घटनास्थल पुगेर घटनाको मुचुल्का उठाएको छ ।स्थानीयका अनुसार उनी चोहर्वामा दुर्गा मेलामा आयोजित रात्रीकालिन झिझिया कार्यक्रम हेर्न गएका थिए ।

तर, मेलामा राति विवाद भएको र सोही विवादका क्रममा उनी इनारमा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।