खोटाङ । खोटाङमा टीका लगाएर फर्किने क्रममा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संखुवासभाको चैनपुर नगरपालिका–८ बस्ने ४९ वर्षीय लेखबहादुर राउत रहेका छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरबाट टीका लगाएर आफ्नो घर फर्किने क्रममा उनको मृत्यु भएको हो ।

शुक्रबार बाम्राङको नंग्रेखोला भिरबाट लडेर राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।